गौमाता रक्षार्थ महायज्ञमा आकर्षक झाँकी र देवलीला – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

गौमाता रक्षार्थ महायज्ञमा आकर्षक झाँकी र देवलीला

    मा प्रकाशित

दाङ, ४ कार्तिक
गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा दैनिक आकर्षक झाँकी प्रस्तुत हुने गरेको छ । श्री योगी आदित्यनाथ फाउन्डेसनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा सञ्चालित भएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती गाई रक्षा महोत्सव–२०८०’ मा नेपालकै उत्कृष्ट नाट्य कलाकारहरुबाट दैनिक झाँकी, देवलिला एवं चेतनामूलक प्रस्तुतिहरु प्रस्तुत भईरहेका छन् ।

राष्टिय« एवं धार्मिक जनावर गाईको महत्व थप स्थापित गर्ने एवं श्री योगी आदित्यनाथ फाउन्डेसनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको महायज्ञमा भागवतमा आधारित देबलिला, झाँकी, नाटक एवं हास्यव्यंग्य चेतनामूलक प्रस्तुती भईरहेको महायज्ञ आयोजक मूल समितिका संयोजक भरतनाथ योगीले जानकारी दिए ।

महायज्ञको वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट बिभुषीत प.अमृतशरण देबाचार्य रहनुभएको छ । महायज्ञमा हरेक दिन बेलुका पञ्चआरती हुँदै आएको छ । महायज्ञमा शनिवार दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ आयोजक मूल समितिका सह–संयोजक बिमला योगीले जानकारी दिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्