भूकम्प अपडेट : लगातार धक्का महसुस, धादिङमा ठाउँठाउँमा पहिराे – Kanika Khabar
Monday, February 16Nepali News Portal

भूकम्प अपडेट : लगातार धक्का महसुस, धादिङमा ठाउँठाउँमा पहिराे

    मा प्रकाशित
तस्बिर : पाेषनाथ अधिकारीकाे फेसबुकबाट

दाङ, ५ कार्तिक ।

आज आइतबार बिहानै करिब ७ः ४० बजेतिर धादिङकाे खरी आसपासकाे क्षेत्रलाई केन्द्रविन्दु गरी भूकम्प गएको छ।

आज बिहान आएकाे ६.१ म्याग्नेच्युडकाे भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा पर्नुका साथै विभिन्न स्थानमा पहिराे गएकाे जानकारी आएकाे छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लगातार ससाना परकम्पहरूकाे महसुस भइरहेकाे छ । आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएकाे छ ।

त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड, ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएकाे छ । ठुलो भूकम्प गएपछि ससाना पराकम्प जानु नियमित प्रक्रिया भएको केन्द्रले जनाएको छ ।

धादिङकाे खरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएकाे भूकम्पले केही घरमा सामान्य क्षति पुर्‍याएकाे पाेषनाथ अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्