पाल्पामा जिप दुर्घटना, ६ जनाकाे मृत्यु – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

पाल्पामा जिप दुर्घटना, ६ जनाकाे मृत्यु

    मा प्रकाशित

पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जीपका चालक घाइते भएको जनाएको छ ।
जीप कहा“का लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ ।

जिपमा भएका यात्रु र उनीहरुको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको पाल्पाका एसपि हेरम्ब शर्माले जानकारी दिए । बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्दारका लागि पुग्नु पर्ने भएकाले कठिनाई भएको प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्