पाल्पा दुर्घटना अपडेट : मृत्यु हुने ६ जना एकै परिवारका – Kanika Khabar
Monday, February 16Nepali News Portal

पाल्पा दुर्घटना अपडेट : मृत्यु हुने ६ जना एकै परिवारका

    मा प्रकाशित

पाल्पा, ६ कार्तिक ।
हिजो आइतबार पाल्पाको जीप दुर्घटनामा परी मृत्यु हुने ६ जना एकै परिवारका सदस्य रहेका पुष्टि भएको छ । प्रहरीका अनुसार उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा श्रीमान्, श्रीमती, सम्धिनी, बुहारी र दुई नातीको मृत्यु भएको हो। देवचुली नगरपालिका १६ रजहरका ६५ वर्षका कृष्णबहादुर लोहनी र पार्वती लोहनी श्रीमान्, श्रीमती हुन् ।

यस्तै, उनीहरुको बुहारी सबिना र दुई नातीहरू ईसव र सबिसको पनि मृत्यु भएको हो । सबिनाकी आमा लमजुङ बेसीसहर २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको पनि मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चालक ईश्वर लोहनी कृष्णबहादुरका छोरा भएको प्रहरीले जनाएको छ । उनको पाल्पा तानसेनस्थित युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ । हिजो रानीमहल घुमेर फर्किने क्रममा उनीहरु चढेको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जीप दुर्घटना भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्