नकारात्मक सोंचलाई रुपान्तरण गरी शान्ति, सहिष्णुता कायम गर्न सक्नु पर्नेः स्वास्थ्य मन्त्री खनाल – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

नकारात्मक सोंचलाई रुपान्तरण गरी शान्ति, सहिष्णुता कायम गर्न सक्नु पर्नेः स्वास्थ्य मन्त्री खनाल

    मा प्रकाशित

दाङ ७ कार्तिक ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाललेसमाजमा रहेका सबै प्रकारका विकृति विसंगति एवं नकारात्मक सोंचलाई रुपान्तरण गर्न सक्नु पर्ने बताउनु भएको छ ।
विजया दशमीको शुभकामना सन्देश दिदै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनालले समाजमा विद्यमान नकारात्म सोंचलाई रुपान्तरण गरी शान्ति, सहिष्णुता, धैर्यता तथा सकारात्मक भावका साथ अगाडी बढने प्रण गर्ने दिन विजया दशमी भएको बताउनु भएको छ। ।

मन्त्री खनालले असत्य माथि सत्यको विजयको दिन नै वडादशैं भएको भन्दै यो दिनले सबैलाई सिर्जनशिल समाज स्थापना गर्ने शक्ति दुर्गामाताले प्रदान गरुन भनी कामना गर्नु भएको छ ।

मन्त्री खनालले स्वास्थ्य सजगता अपनाई दशैं पर्व हर्ष उल्लासपूर्वक मनाउन पनि आग्रह गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्