गीत : तिम्रो मायाको नशामा – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

गीत : तिम्रो मायाको नशामा

    मा प्रकाशित

तिम्रो मायाको नशामा तैरिरहेको छु
अन्त्य सम्म भुल्ने छैन आफ्नो ठानेको छु
तिमि मेरो हौ तिम्रै यादमा रहनेछु
तिम्रो लागि एउटा कविता लेखेको छु

मनमा बाँधिएको छ तिम्रो लागि दरबार
आऊ र मलाई तिम्रो प्यारो बनाऊ मेरो सरकार
तिम्रो हरेक पाइलामा साथ दिनेछु
नडराऊ म सधैँ तिम्रो साथमा छु

तिम्रा सबै भावनालाई सजाएर राख्न खोज्छु
म तिम्रो काखमा निदाउन चाहन्छु
म तिम्रो सौन्दर्यको प्रशंसा गर्छु
म सधैँ भरी तिम्रो साथमा हुन चाहन्छु

मेरो सपना मायामा फुल्यो मन चाहनाले फुल्यो
सोचेको सबै कुरा मेरो सपना साकार भयो
तिम्रो मायाको नशामा तैरिरहेको छु
अन्त्य सम्म भुल्ने छैन आफ्नो ठानेको छु /

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्