मा प्रकाशित
पाल्पा, ११ कार्तिक ।
पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको वालिङ नगरपालिका–५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।
स्याङ्जाबाट बुटवल जाँदै गरेको लु १४ प ८८७१ नम्बरको मोटरसाइकल पाल्पाको माथागढी गाउँपालिका–१ बिरौटामा सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


