काठमाडौ, ११ कार्तिक ।
२०३३ साल पुस १६ गते बिपी कोइराला मेलमिलापको नीति बोकेर भारतबाट स्वदेश फर्किका थिए । त्यतिबेला कोइरालासँगै गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु आफूमाथि लगाइएको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अगाडि बढ्न्पर्ने नीति अङगाल्दै स्वदेश फर्किएका थिए । त्यतिबेलाको राजनीतिक सङ्क्रमण अन्त्यका लागि बिपीले नेतृत्व गरेको मेलमिलापको नीतिले सकारात्मक भूमिका खेलेको इतिहासमा छर्लङ्ग छ ।
बिपी कोइराला विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । २०३३ सालमा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्ने परम्परा रहँदै आएको छ ।
विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले काङ्ग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
२०८० सालको चियापान कार्यक्रम काङ्ग्रेस आज शनिबार सम्पन्न गरेकबो हो । आजको कार्यक्रममा काङ्ग्रेसले हरेक राजनीतिक दल लगायत सबैलाई समेटेको देखिन्छ । चियापान कार्यक्रमका दृश्यहरुले राष्ट्रिय मेलमिलापका झल्को पाइन्थ्यो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्षथ नेताहरुको उपस्थितिले झनै राजनीतिक द्वेष, वैमनष्यतालाई शून्यान्तर गर्दै लगेको आभास हुन्थ्यो ।
चियापान तथा शुभकामना कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहालले चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पु¥याएको बताए । ‘देशलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा नागरिकको अपेक्षाअनुसार विकास निर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनै रूपले सहयोग गर्दै आएको छ ।’ प्रधानमन्त्री दाहालले बताए ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजिते कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भए ।
चियापान समारोहमा मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरुप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको सवालमा एमाले अध्यक्ष ओलीले भने , ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’ ओलीको यस्तो जवाफले दलहरुको राजनीतिक दूरी नजिक रहेको महसुस गराउँछ । यद्यपि आआफ्ना दलीय कार्यक्रममा राजनीतिक प्रतिशोध साँधेर अभिव्यक्ति दिइए पनि आजको चियापान समारोहमा दिइएको अभिव्यक्तिले दलीय एकता अपरिहार्य रहेको दलहरुले छिपाउन नसककेको प्रष्ट हुन्थ्यो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताए ।
चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भने, ‘दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक रुपमा लिएको छु ।’
राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे। सभापति देउवाले भने, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वसभामुखहरू अग्निप्रसाद सापकोटा र दमननाथ ढु्ङ्गाना, जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उच्च पदस्थ राजनीतिकर्मीसहित विशिष्ठ व्यक्तित्वको उपस्थिति रहेको थियो ।
राजनीतिक दलहरु पब्लिक सेन्टिमेन्टका लागि पार्टीका कार्यक्रममा जतिसुकै आक्षेप, आरोप प्रत्यारोपको अभिव्यक्ति दिए पनि अन्न्ततः एउटै बिन्दूमा उभिनुपर्ने सत्यबाट टाढा भने रहेका छैनन् । दलीय एकता र मतैक्यता आवश्यक रहेको भ,ल्को दिने गरी काङ्ग्रेसले चियापानको आयोजना गरेको छ । यो एकता र सद्भाव केवल औपचारिकातामा मात्र सीमित नभएर व्यावहारिक बनाृन सके राजनीतिक सङ्क्रमणको अन्तइ मात्र नभई दलीय विश्वास झनै बाक्लिने छ ।


