ऋषि धमलालाई एमालेमा आउन वलीको प्रस्ताव, ०८४ को निर्वाचन लड्न तयारी गर्न पनि सुझाव – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

ऋषि धमलालाई एमालेमा आउन वलीको प्रस्ताव, ०८४ को निर्वाचन लड्न तयारी गर्न पनि सुझाव

    मा प्रकाशित

काठमाडौं, १२ कार्तिक ।
नेकपा (एमाले) की नेतृ कोमल वलीले २०८४ मा हुने आम निर्वाचन लड्नको लागि तयारी गर्न पत्रकार ऋषि धमलालाई सुझाव दिएकी छिन् । हिजो प्राइम टिभीको लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो सुझाव दिएकी हुन् ।

उनले विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरु राजनीतिमा आउनुपर्ने धारणा राख्ने क्रममा पत्रकार धमलालाई पनि ०८४ को निर्वाचनमा भाग लिने गरी तयारी गर्न सुझाव दिएकी हुन्। उनले भनिन्–‘ऋषिजी, तपाईं पनि ०८४ को निर्वाचनमा तयारी गर्नुहोस ।’ यद्यपि धमलाले आफूलाई धेरै दलबाट चुनाव लड्नको लागि प्रस्ताव आइरहेको र आफूले अस्विकार गर्दै आएको स्मरण गराए । वलीले भने अन्तिममा धमला चुनाव लड्ने अनुमान सुनाउँछिन् ।

उनले थपिन्,‘तर, लास्टमा तपाईँ चुनाव लड्नुहुन्छ होला । तपाईंको लोकप्रियता यसो हेर्दाखेरी, सबै ठाउँमा युवाहरुको तपाईं आकर्षण हुनुहुन्छ । तपाईंले सामाजिक मुद्दाहरुलाई उठाइरहनुभएको छ । लोकतन्त्रको लागि मिडियामार्फत खबरदारी गरिरहनुभएको छ । तपाईं चुनाव लड्नुभयो भने जित्नु पनि हुन्छ । आउनुहोस एमालेमा तपाईंलाई स्वागत छ । एमालेको सदस्य भएर देशको सेवा गर्न पाउनु ठूलो कुरा हो ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्