प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक, गुटेरेसले सम्बोधन गर्ने – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक, गुटेरेसले सम्बोधन गर्ने

    मा प्रकाशित

काठमाडौँ, १४ कार्तिक ।
आज मंगलबार संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजेका लागि डाकिएको छ ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

संसद सचिवालयले दुवै संसदका सदस्यहरूको उपस्थितिका लागि सूचना समेत जारी गरेको छ । गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले उनलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्