दाङको तुलसीपुरबाट एक विद्यार्थी तीन दिनदेखि सम्पर्कविहीन – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङको तुलसीपुरबाट एक विद्यार्थी तीन दिनदेखि सम्पर्कविहीन

    मा प्रकाशित

दाङ, १४ कार्तिक ।
दाङको तुलसीपुरबाट एक विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन् । रोल्पा घर भई तुलसीपुरमा बसेर पढ्दै आएका एक विद्यार्थी तीन दिनदेखि सम्पर्क बिहीन रहेका हुन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका बुढागाउँका १५ वर्षीया प्रदीप केसी तीन दिनदेखि सम्पर्कबिहीन रहेका छन् । उनी दाङको तुलसीपुर उपमहानगरपालिका – २ खैरीपुरस्थित मामाको घरमा बस्दै आएका थिए ।
जनप्रिय सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल बालापुरमा कक्षा ८ मा अध्यनरत प्रदीप कार्तिक १२ गते साढे ९ बजेतिर विद्यालय जान भनेर गएका थिए ।

मामा घरमा बसेर पढ्दै आएका उनी सम्पर्क बिहीन भएपछि दाजु नाता पर्ने शोभाराम डाँगीले प्रदीपको खोजी कार्यमा सघाउन प्रहरीसमक्ष अनुरोध गरेका छन् ।
कात्तिक १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा शोभारामले भाइ प्रदीपको खोजी गरिदिन भन्दै निवेदन दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्