आयाेगकाे प्रस्ताव : राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि आगामी माघमा निर्वाचन – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

आयाेगकाे प्रस्ताव : राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि आगामी माघमा निर्वाचन

    मा प्रकाशित

काठमाडौं, १५ कार्तिक ।

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि आगामी माघमा निर्वाचन गर्न प्रस्ताव गरेको छ । राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि आगामी माघमा निर्वाचन गर्न आयाेगले प्रस्ताव गरेको हाे ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले माघकाे दाेस्राे साताभित्र चुनाव गर्न प्रस्ताव गरेका हुन् ।

निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले निर्वाचनको मितिबारे अन्तिम निर्णय गर्दछ ।

यस्तै प्रतिनिधिसभामा रिक्त एक, प्रदेशसभाका रिक्त २ र स्थानीय तहमा रिक्त २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न पनि आयोग तयार रहेको थपलियाले बताए ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पद रिक्त हुँदैछ । सदस्य रिक्त हुनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्