दाङ, १५ कार्तिक ।
स्वर्गद्धारी टिप्पर यातायात प्रालिको अध्यक्ष पुनः भरतनाथ योगी निर्वाचित भएका छन् ।
आज सम्पन्न वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा गिरीराज बस्नेत, प्रथम उपाध्यक्षमा शरद बुढाथोकी, द्धितिय उपाध्यक्षमा बसन्त भण्डारी निर्वाचित भएका हुन् । यस्तै प्रशासन सचिवमा शोभाकर डाँगी (रमेश) र कल्याण सचिवमा रामप्रसाद भुसाल, सहसचिवमा जितबहादुर वली, कोषाध्यक्षमा खगेन्द्र बुढा निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा दिलबहादुर बिक, महेश खनाल, पंकज न्यौपाने, भक्तबहादुर बस्नेत र तुलसीराम खत्री चयन भएका छन् ।
प्रालिका अध्यक्ष भरतनाथ योगीको अध्यक्षता एवं संस्थापक अध्यक्ष गिरीराज सुवेदीको प्रमुख आतिथ्यमा भएको अधिवेशन उद्घाटन अवसरमा प्रालिका सल्लाहकार भेषराज खत्री, व्यवसायी तथा नेपाली काङ्ग्रेस घोराही नगर उपसभापति दुर्लभ केसी, रोल्पा जलजला यातायात प्रालिका अध्यक्ष तेजविक्रम रावत,राप्तीपोष्ट दैनिकका प्रकाशक, सम्पादक शरद अधिकारी, इन्स्योरेन्स कम्पनीका डा लोकराज पराजुलीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सामाजिक उत्तरदायित्व वहन गर्ने सुरज नेपाली र आशाराम चौधरीलाई सम्मान गरिएको थियो ।
कार्य समिति सदस्य रामप्रसाद भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शोभाकर डाँगीले गरेका थिए ।


