कविता : जिन्दगीको खेल – Kanika Khabar
Monday, February 16Nepali News Portal

कविता : जिन्दगीको खेल

    मा प्रकाशित

कविता
जिन्दगीको खेल

जिन्दगीको खेलमा कहिले जित हुन्छ
कहिले हार हुन्छ
जित र हारको मझधारमा
चलिरहेको हुन्छ जिन्दगी
जित भयो भने खुसी हुने
अनि हार भयो भने दुखी हुने त
यो मान्छेको प्रवृति नै हो।

हैन मानिसको जीवनमा त धेरै
कुराहरु हुन्छ कहिले सुख भने
कहिले दुःख पर्यो भन्दैमा
त्यसलाई पहाड बनाउनु पनि त भएन नि

जुन मान्छेले दुःख , सुखमा सहन सख्छ
त्यो मानिसले जिन्दगीको खेलमा पनि धेरै कुराहरु ज्ञान लिन सक्छ
यसकारण हरेक अवस्थालाई ज्ञानरूपी हो भनी अगाडि बढ्नु नै समझदारी हो

यसकारले हरेक समयलाई आफूसँग जोडेर
राम्रो नराम्रो छुट्टाऔँ
जिन्दगीको खेलमा अगाडि बढौँ
यही नै राम्रो जिन्दगी हो

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्