काठमाडौँ, १७ कार्तिक ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटको लाइसेन्स प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बनमा परेको हो ।
उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ । शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो ।


