भूकम्प अपडेट : ६.४ म्याग्निच्युडको भूकम्प, मध्यरातमा मानिस घरबाहिर – Kanika Khabar
Monday, February 16Nepali News Portal

भूकम्प अपडेट : ६.४ म्याग्निच्युडको भूकम्प, मध्यरातमा मानिस घरबाहिर

    मा प्रकाशित

दाङ, १८ कार्तिक ।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएकाे छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताएको हो

नेपालमा देशभर भूकम्पकाे धक्का महसुस भएकाे छ । देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएकाे छ । शक्तिशाली भूकम्पको धक्का महसुससँगै दाङ लगायत देशका विभिन्न स्थानमा मानिस घरबाहिर निस्किएका छन् ।

सल्यान र जाजरकोट लगायतका स्थानमा घर भत्किएकाे प्रारम्भिक सूचना प्राप्त भएकाे छ । भूकम्पले पुर्याएकाे क्षतिकाे पूर्ण विवरण भने अझै आउन बाँकी छ ।

भारतकाे नयाँदिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको छ ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्