जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठक, भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा स्थापना – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठक, भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा स्थापना

    मा प्रकाशित

शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट घाइते भएकाको उपचारका लागि देशभरका विभिन्न निकाय सक्रिय रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले पनि भेरी अस्पताललाई घाइतेको उपचारका लागि डेडिकेटेड अस्पतालका रुपमा स्थापना गर्ने निर्णय गरेको छ । आज शनिबार बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्ता छन् बैठकको निर्णयहरु

१ भुकम्पवाट भएको मानविय तथा भौतिक क्षतिलाई मध्यनजर गरि यस बाँके जिल्लावाट आवश्यक प्रतिकार्यका लागि सवै सयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरियो ।

२ भेरी अस्पतालमा भुकम्पका कारण घाइते विरामीको उपचारका लागि dedicated अस्पतालको रुपमा स्थापना गर्ने निर्णय गरियो । साथै नेपालगंज मेडिकल कलेज लगायत सवै अस्पताललाई तयारी अवस्थामा राख्ने । विरामीका लागि रगतको अभाव हुन नदिन सवै स्वयमसेवकलाई रक्तदानका लागि अनुरोध गर्ने ।

३ भुकम्पवाट प्रभावित क्षेत्र तथा मानविय सहयोगका लागि अस्पताल समन्वयका लागि स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकीय अधिकृत राम कुमार सोनकर र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोक्ने ।

४ प्रारम्भिक सूचना अनुसार जाजरकोट तथा पश्चिम रुकुममा ठुलो मात्रामा जनधनको क्षति भएको जानकारी प्राप्त भएपश्चात थप खोज तथा उद्दार, उपचार, राहतकालागि सवैलाई अनुरोध गर्ने र हालसम्म तपशिल बमोजिमको सहयोगको प्रतिवद्दता व्यक्त भयो ।साथै राझा विमानस्थलमा रहेको मानविय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भन्डारण गरि परिचालन गर्ने ।

५ नेपालगञ्ज उपमहानगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु ४ लाख बरावरको खाद्यान्न र त्रिपाल, झुल, पिफर्म लगायत १०० जना परिवारको लागि पुग्ने सामग्री साथै मेडिकल टिम परिचालन गर्ने ।

६ कोहलपुर नगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु २ लाख बरावरको खाद्यान्न र औषधी उपलव्ध गराउने ।

७. राप्ती सोनारी गाँउपालिकाको तर्फवाट रु १ लाख वरावरको औषधि सामग्री र रु ५० हजार बरावरको खाद्यान्न र १ जना चिकित्सक सहितको टिम परिचालन गर्ने । साथै २० थान कम्मल र २० त्रिपाल सहयोग गर्ने ।

८ खजुरा गाँउपालिकाको तर्फवाट रु ३ लाख बरावरको औषधि सहयोग गर्ने ।

९ नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालय मार्फत जाजरकोट र पश्चिम रुकुममा ६०० थान कम्मल त्रिपाल र पिफर्म का दरले उपलव्ध गराउने ।

१० जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको तर्फवाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्मल उपलव्ध गराउने ।

११ केमिकल एण्ड मेडिकल एसोसेसन सप्लायर्स सर्जिकल प्रालिवाट ३५० केजि चिउरा र ९०० प्याकेट चाउचाउ उपलव्ध गराउने ।

१२ मानवीय सहायता साझेदारी मन्च (HHP) को सदस्य संस्था BEE Group बाँकेका तर्फवाट केयर नेपाल र AWO संस्थाको सहयोगमा २०० परिवारका लागि त्रिपाल, म्याट्रेस कम्मल सहयोग गर्ने ।
१३ नेपालगंज ग्रिन सिटिका तर्फवाट २५ बोरा चामल, चिउरा २०० केजि , ४०पेटी चाउचाउ सहयोग गर्ने ।
१४ चार सय थान कम्मल र त्रिपाल पठाइएको जानकारी भयो ।
१५. बाँके युनेस्को क्लवबाट भेरी अस्पतालका घाइते विरामीका लागि अन्जली माता रसोइ मार्फत ८० जनालाई निशुल्क रुपमा खाना सहयोग गर्ने ।

१६ मिति २०८० कार्तिक १७ गते राती जाजरकोट केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट भएको मानविय क्षति भएकोले बैठकवाट मृतकप्रति श्रदान्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरियो ।

No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्