भूकम्पपछि सरकार : भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड निकासा, प्रधानमन्त्रीआफू सवार हेलिकप्टर उद्धारमा छाडी नियमित उडानबाट काठमाडौँ फर्कदै – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

भूकम्पपछि सरकार : भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड निकासा, प्रधानमन्त्रीआफू सवार हेलिकप्टर उद्धारमा छाडी नियमित उडानबाट काठमाडौँ फर्कदै

    मा प्रकाशित

दाङ, १८ कार्तिक ।
सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड रुपैयाँ निकासा गरेको छ ।

आज शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा जनही ५–५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो ।

सरकारले जाजरकोट र पश्चिम रुकुममा गएराती गएको भुकम्प पछि भूकम्प प्रभावितको खोज र उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ निकास गराउने निर्णय गरेको हो ।

सो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय गरेको र उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गरिने जनाइएको छ ।

प्रधानमन्त्री नियमित उडानबाट काठमाडौँ फर्कदै

भूकम्प प्रभावित क्षेत्रको तथा भूकम्प पीडितको अवस्था बुझुन जाजरकोट र रुकुम पश्चिम पुगेका प्रधानमन्त्री नियमित उडानमा काठमाडौँ फर्कन थालेका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नेपालगञ्जबाट नियमित उडानमार्फत प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्कन थालेका हुन् । उनी २ः३० बजे नेपालगञ्जबाट काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ।

कोशी प्रदेश सरकारबाट एक करोड राहत

कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आज शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । साथै प्रदेश सरकारले एक ट्रक राहत सामग्री पनि पठाउने पनि निर्णय गरेको गरेको बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्