पाण्डवेश्वर धामको सांस्कृतिक इतिहास’ पुस्तकको बिमोचन – Kanika Khabar
Monday, February 16Nepali News Portal

पाण्डवेश्वर धामको सांस्कृतिक इतिहास’ पुस्तकको बिमोचन

    मा प्रकाशित

घोराही, १८ कात्तिक ।

दाङको प्रशिद्ध धार्मिकस्थल पाण्डवेश्वर धामको ऐतिहासिक महत्वका बारेमा लेखिएको पुस्तक ‘पाण्डवेश्वर धामको सांस्कृतिक इतिहास’ को बिमोचन गरिएको छ ।

लेखक संघ दाङको आयोजनामा शनिवार घोराहीमा भएको कार्यक्रममा लेखक तथा संस्कृतिविद् प्रा डा शिवकुमार सुवेदीद्वारा लिखित पुस्तक ‘पाण्डवेश्वर धामको सांस्कृतिक इतिहास’ को साहित्यकारहरु शंकर पौडेल, डा. गोविन्द आचार्य, गणेश अधिकारीलगायतका बक्ताहरुले पुस्तकको बिमोचन गरेका हुन् । पुस्तकको बिमोचन गर्दै लेखक संघ दाङका संस्थापक अध्यक्ष समेत रहेका पौडेलले पछिल्लो समय साहित्यसम्बन्धि धेरै कलम चल्ने गरे तापनि इतिहास र संस्कृतिका बारेमा निकै कम लेखिने भइरहेको समयमा प्रकाशित पुस्तकले जिल्लाको धार्मिक एवं ऐतिहासिक पक्षको अध्ययनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पुस्तकको समिक्षा गर्दै प्राध्यापक एवं पत्रकार सुदीप गौतमले पुस्तकले पाण्डवेश्वर धामको ऐतिहासिक पक्षसँगै समग्र दाङको प्राग ऐतिहासिक पक्षको बारेमा जानकारी दिएकाले पुस्तक महत्वपूर्ण रहेको बताए । पुस्तकमा पाण्डवेश्वर धामको परिचय, महाभारतका वन पर्व र पाण्डवहरूको सन्दर्भ, मन्दिर, मुर्तिहरू र नित्य पूजालगायतका बारेमा जानकारी दिने उद्देश्यले लेखिएको लेखक सुवेदीले जानकारी दिएका थिए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरूले जिल्लाको प्रशिद्ध धार्मिक एवं ऐतिहासिक मठका रूपमा रहेको धारापानीलगायतका क्षेत्रहरूका बारेमा कलम चलाउँदै पयर्टन प्रबद्र्धनका लागि सहयोग पु¥याउनु पर्ने बताएका थिए । पुस्तक बिमोचन कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष डा. हिमलाल पन्थी, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, साहित्यकारहरू केदार पाठक, गंगानाथ कोइराला, सिस्नुपानी नेपालका अध्यक्ष डा. लोकराज पराजुली, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दर्गालाल केसी, सर्वाेदय पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गौतम, राप्ती साहित्य परिषद् प्युठानका सल्लाहकार देवेन्द्र रिजाल, साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरका अध्यक्ष डिल्लीराज श्रीधर, साहित्यकार बालमुकुन्द शर्मा, गणेश विषम, नागरिक समाज देउखुरीका उपसंयोजक निमबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई लेखकका छोरा सन्तोष सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए । लेखक संघ दाङका सदस्य हरिप्रसाद पाण्डेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष गोविन्द पौडेलले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्