भूकम्पबाट घाइते भएका ३८ जना भेरी अस्पतालमा उपचाररत – Kanika Khabar
Monday, February 16Nepali News Portal

भूकम्पबाट घाइते भएका ३८ जना भेरी अस्पतालमा उपचाररत

    मा प्रकाशित

दाङ, १९ कार्तिक ।

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राती गएकाे भूकम्पबाट घाइतेमध्ये ३८ जनाको बाँकेकाे भेरी अस्पतालमा उपचार भइरहेकाे छ ।

भेरी अस्पतालमा ३७ जना र नेपालगंज मेडिकल कलेज कोहलपुरमा १ गरी ३८ जना घाईतेको उपचार भइरहेको जिल्ला आपतकालिन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।

गएराती १२ बजेसम्म पाँच जना गम्भीर घाइतेको सफल अपरेसन भएको छ।

त्यस्तै राति नै राति १२:५० बजे थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारका लागि भेरी अस्पतालमा ल्याइएको छ।

उनीहरुमध्ये २ जना जाजरकोटका भेरी नगरपालिका र ४ जना रुकुम पश्चिमको सानी भेरी गाउँपालिकाका हुन्।

हाल उपचाररत सबै घाइतेको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको फोकल पर्सन श्रेष्ठले बताए। अस्पताल पुर्‍याउनुपूर्व बाटोमै मृत्यु भएका जाजरकोटको नलगाँड – १ का एक जनाको शव आफन्तलाई बुझाउने प्रक्रिया थालिएको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्