घाइतेको उपचारमा केन्द्रित हुन स्वास्थ्य मन्त्री खनालको आग्रह – Kanika Khabar
Monday, February 16Nepali News Portal

घाइतेको उपचारमा केन्द्रित हुन स्वास्थ्य मन्त्री खनालको आग्रह

    मा प्रकाशित

देउखुरी २० कार्तिक । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भुकम्प प्रभावितहरुको उपचारका लागी मन्त्रालयका तर्फबाट सबै प्रकारको सहयोग गर्न मन्त्रालय मातहतका कर्मचारिलाई निर्देशन दिएका छन् ।

कामको सिलसिलमा विदेश रहेका स्वास्थ्य मन्त्री खनालले सचिवलाई टेलिफोनमार्फत जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय क्षतिप्रति दुःख ब्यक्त गर्दै घाइतेको उद्धार र उपचारमा सबै प्रकारको सहयोग गर्न निर्देशन दिएका हुन । घाइतेको उपचारका लागी औषधीसहितको चिकित्सकहरुको टोली प्रभावितस्थलमै पु¥याउन भन्दै स्वास्थ्यमन्त्री खनालले प्रदेश मातहतका चिकित्सकसहित सबै स्वास्थ्यकर्मीलाई विपद्मा परेकाको उपचारमा लाग्न आग्रह गरेका हुन ।

स्वास्थ्यमन्त्री खनालले भुकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन । मन्त्री खनालले घाइतेको उपचकार लागी प्रदेश अन्र्तगतका अस्पताललाई पनि तयारी अबस्थामा राख्न निर्देशन दिएका छन् । भुकम्प प्रभावितको उपचारका लागी लुम्बिनी प्रदेश सरकारले चिकित्सकसहित २६ जनाको टिम जाजरकोट र रुकुमपूर्व पठाइसकेको छ ।

लुम्बिनी प्रदेशअन्र्तगतका लुम्बिनी प्रादेशिक अस्पतालबाट अत्याधुनिक उपचार सामग्रीसहित ७ लाख रुपैयाँ बराबरको औषधी र राप्ती प्रादेशिक अस्पतालबाट ४ लाख रुपैयाँ बराबरको गरि लुम्बिनी प्रदेशबाट ११ लाख रुपैयाँ बराबरको औषधी भुकम्प प्रभावित क्षेत्रमा पठाइएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्