भूकम्प पीडितलाई प्याब्सनले २५ लाख राहत उपलब्ध गराउने घोषणा – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

भूकम्प पीडितलाई प्याब्सनले २५ लाख राहत उपलब्ध गराउने घोषणा

    मा प्रकाशित

दाङ, २० कार्तिक ।
गत शुक्रबार राती आएको शक्तिशाली भूकम्पबाट पीडितहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने घोषणा गरेको हो ।

जाजरकोट, पश्चिम रुकुम लगायतका जिल्लामा गएको भूकम्पका कारण भएकाहरूलाई निजी विद्यालयहरूबाट २५ लाख रुपैयाँ बराबरको राहत सङ्कलन गरी वितरण गर्ने घोषणा गरिएको हो ।

पीडितहरूलाई राहत पु र्‍याउने उद्देश्यले प्याब्सन सदस्य विद्यालयहरूबाट २५ लाख बराबरको राहत रकम सङ्कलन गरी सम्बन्धित क्षेत्रमा राहत वितरण गरिने प्याब्सनले जनाएको छ । त्यसका लागि केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरेको छ । उक्त समितिलाई तत्काल कार्य आरम्भ गर्न प्याब्सन केन्द्रीय कार्यसमिति निर्देशन दिएको छ ।

त्यस्तै राहत सहयोग सङ्कलनमा सहयोग गर्न समेत सबै प्रदेश समितिलाई निर्देशन दिएको छ । घाइतेहरूको उपचारका लागि आवश्यक औषधी तथा बसोबास र खाद्यान्नको उचित व्यवस्थापन मिलाउन सरकारसँग सहकार्य गर्ने जनाएको छ ।

संस्थागत विद्यालयहरुको छाता सङगठनका रुपमा रहेको प्याब्सन सामाजिक कार्यमा तल्लीन रहँदै आएको छ । रुकुम पूर्वबाहेका ७६ जिल्लामा प्याब्सनका प्याब्सनका जिल्ला शाखा रहेका छन् ।

भूकम्प पीडित क्षेत्रका विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारीहरूमा भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न समेत केन्द्रीय उपाध्यक्ष खत्रीलाई जिम्मेवारी दिइएको अध्यक्ष डिके ढुङ्गानाले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्