भूकम्पबाट घाइते गर्भवती महिलाको पेटमा रहेको मृत्त शिशुलाई निकालियो – Kanika Khabar
Monday, February 16Nepali News Portal

भूकम्पबाट घाइते गर्भवती महिलाको पेटमा रहेको मृत्त शिशुलाई निकालियो

    मा प्रकाशित

दाङ, २० कार्तिक ।
गत शुक्रबार राती जाजरकोट केन्द्रविन्द् भएर गएको शक्तिशाली भूकम्पबाट घाइते भएकामध्ये भएकी गर्भवती महिलाको पेटमा मृत्त रहेको शिशुलाई  निकालिएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा घाइते गर्भवती महिलाको पेटभित्र मृत्यु भएको शिशुलाई निकालिएको हो ।

जाजरकोटकी १९ वर्षीया जमुना बुढा मगरको पेटमा रहेको आठ महिने मृत्त शिशुलाई  निकालिएको आपतकालीन कार्यालय सञ्चालन केन्द्र बाँकैका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

भेरी अस्पतालमा अहिले ४३ जना उपचाररत रहेका छन् । अहिलेसम्म सात घाइतेको अपरेसन गरिएको र ती मध्ये ६ जनाको अवस्था अझै गम्भीर रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार हेमोफेलियाको घाइतेको पनि शल्यक्रिया गरिएको छ। त्यस्तै आइसियूमा भर्ना गरी एक जनाको उपचार जारी रहेको छ। पहिले सिकिस्त भए पनि हाल सुधाररत घाइतेको संख्या दुई र सामान्य सुधारोन्मुख घाइतेको संख्या ३९ रहेको श्रेष्ठले जानकारी दिएका छन् । बितेको १२ घन्टाभित्र चार जना घाइते भेरी अस्पतालमा थपिए भने एक जना उपचार पछि घर फर्किएका छन् ।
सोमबार बिहानसम्म भेरीमा २३ महिला र २० पुरुषको उपचार भइरहेको छ। तीमध्ये ५ वर्ष मुनिका ६ जना, ५ देखि १५ वर्षसम्मका ५ जना, १५ देखि १८ वर्षका ५ जना, १८ देखि ६० वर्षका २२ जना, ६० वर्ष माथिका ५ जना घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्