दाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

    मा प्रकाशित

दाङ, २० कार्तिक ।
दाङङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ४९ वर्षीया दिल बहादुर राना र ४५ वर्षीया निम बहादुर बुढा रहेका छन् ।

यही कार्तिक १७ गते राती २२:३० बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुर स्थित बगाले बिसाउने सामुदायिक वनमा भरुवा बन्दुक सहित मानिसहरु हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिई जाँदा उनीहरू पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूला बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारी शरीर खानतलासी गरी साथमा भएको भरुवा बन्दुकसहित पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

साथै पक्राउ परेका रानाबाट एउटा भरूवा बन्दुक नाल १३ थान फलामको गोली, २४ थान छर्रा, ५० ग्राम बारूदर २ थान खुकुर र ७ थान बन्दुकको केप बरामद गरिएकाे छ ।
पक्राउ परेका थापाबाट एक थान भरुवा बन्दुक, १० थान फलामको गोली, १३ थान छर्रा, ५० ग्राम बारुद र ५ थान बन्दुकमा लगाउने केप बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्