मा प्रकाशित
दाङ, २० कार्तिक ।
यसवर्षकाे भाइटीकाकाे उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाकाे उत्तम साइत कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएको हो ।
यस वर्षकाे यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि सुरु हुँदैछ । २५ गते काग तिहार परेकाे छ । यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गाेवर्द्धन पूजा/म्हः पूजा, २९ गते भाइटीका परेकाे छ ।


