अध्यक्ष कप टि —२० क्रिकेटको उपाधि वडा नम्बर ११ लाई – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

अध्यक्ष कप टि —२० क्रिकेटको उपाधि वडा नम्बर ११ लाई

    मा प्रकाशित

No description available.लक्ष्मण बस्नेत
कार्तिक २० तुलसीपुर ।
तुलसीपुर नगर स्तरीय वडा नम्बर ११ अध्यक्ष कप टि २० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वडा न ११ ले जितेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा न ११ को आयोजनामा अमर मावि उरहरी खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा वड न ७ लाई ७ विकेटले पराजित गर्दै आयोजक वडा न ११ ले उपाधि जित्न सफल भएको हो ।
उपाधिसँगै उसले नगद २५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्‍यो । फाईनलमा हार ब्यहोरेको वडा नम्बर ७ उप विजेतामा सीमित रहदै नगद १५ हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको वडा ७ ले ७३ रन बनाउँदै अल आउट भएको थियो । ७ नम्बरका लागि कप्तान गोपाल केसीले नटआउट २५ रन बनाएका थिए भने प्रताप स्वर्णकारले १२ रनको योगदान गरेका थिए। वडा नम्बर ७ लाई सस्तैमा रोक्नका लागि वडा नम्बर ११ का मनु शाहले सार्बाधिक ३ तथा सुधन बूढाथोकीले २ र कप्तान दिनेश रावतले १ विकेट लिन सफल भए । ७४ रनको विजयी लक्ष्य सहित खेल मैदानमा उत्रिएको वडा न ११ ले १८ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । जसका लागि मनु शाहले सर्वाधिक २५ रनको योगदान दिए भने कप्तान दिनेश रावतले नटआउट २३ रनको योगदान दिए । वडा नम्बर ७ को लागि सन्दीप नेपालीले २ विकेट लिन सफल भए ।

कार्तिक १६ गतेदेखि सञ्चालित प्रतियोगितामा तुलसीपुर नगरका ११ टिमको सहभागिता रहेको थियो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मनु शाह म्याच अफ द फाइनल घोषित भएका थिए भने ११ कै दिजन मल्ल इमर्जिंग प्लेयर तथा वडा नम्बर ७ का गोपाल केसी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुलाई जनही २ हजार ५ सय नगद तथा ट्रफी सहित पुरस्कृत गरिएको थियो ।

यसैविच प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह वडा अध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा वडा नम्बर ७ का वडाअध्यक्ष राम बहादूर जिसीको प्रमुख आतिथ्यमा भएको थियो ।
वडा सदस्य यज्ञ बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राम बहादुर जिसी, खेलप्रेमी तथा उपमहानगरका ईन्जीनियर तथा रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष पवन कुमार योगी, दाङ जिल्ला क्रिकेट संघका सदस्य रुपेश शर्मा, दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत, नेपाली काग्रेसका बालकृष्ण लामिछाने, नेकपा एमाले तुलसिपुर नगर कोषाध्यक्ष टोपेन्द्र बस्नेत सोमी चौधरी, युवा तथा खेलप्रेमी पूर्ण केसी लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव पदम कुमार भण्डारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्