ढिलो आउने कर्मचारीलाई फूलले स्वागत – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

ढिलो आउने कर्मचारीलाई फूलले स्वागत

    मा प्रकाशित

दाङ – कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फूलले स्वागत  गरेका छन् ।

पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो ।

ढिलो आएका कर्मचारीलाई नगर प्रमुख चौधरीले फूलले स्वागत गर्दै कर्मचारीलाई समयको ख्याल गर्दै कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।

एक दर्जन बढी कर्मचारी कार्यालय समय भन्दा ढिलो आएको जानकारी दिंदै नगर प्रमुख चौधरीले राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस भन्ने हाम्रो चाहाना हो”- उनले भने ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्