आत्मरक्षाको तयारीमा किशोरी – Kanika Khabar
Monday, February 16Nepali News Portal

आत्मरक्षाको तयारीमा किशोरी

    मा प्रकाशित

आलोक भावुक
गढवा, २१ कात्तिक ।

क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिन सुरु गरेको छ ।

क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम सुरु भएको हो।
गढवा गाउँपालिका वडा ५, ६ र ७ का ५० जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिन थालिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाका विद्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिएका छन् ।

पहिलो चरणमा ५० र केही समयपछि पुनः ५० जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिने कार्यक्रम तय गरिएको संयोजक शर्माले बताए । पछिल्लो समयमा किशोरीमाथि हुने बलात्कार, यौन हिंसा, उत्पिडन भढ्दै गैरहेकोले आपत्कालीन समयमा आफु एक्लै हुँदा समेत किशोरीहरुले आफनो आत्मरक्षा गर्न सक्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाले जनाएको छ।

सिपि नेपालको सि क्रियटिज कार्यक्रमअन्तर्गत दुई दिने तालिम दिन सुरु गरेको हो । तालिमको सहजीकरण गढवा तेक्वान्दोका किरण पौडेल र बसन्ती चौधरीले गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्