रोयल भमके टी–२० क्रिकेट प्रतियोगिता सुरु, तुलसीपुर ९ र ६ को बिजयी सुरुवात – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

रोयल भमके टी–२० क्रिकेट प्रतियोगिता सुरु, तुलसीपुर ९ र ६ को बिजयी सुरुवात

    मा प्रकाशित

लक्ष्मण बस्नेत
दाङ,२१ कार्तिक ।

दाङ तुलसीपुरको भमकेमा मंगलवारदेखि रोयल भमके टि–२० क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ । स्वतन्त्र युवा समूह तुलसीपुर १ भमकेको आयोजनामा मदन भण्डारी रंगशाला भमकेमा संचालन भएको प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका हुन ।

प्रतियोगिता अन्तरगत मंगलवार भएका खेलमा तुलसीपुर–९ बेलुवा र तुलसीपुर ६ बिजयी भएका छन् । उद्घाटन खेलमा आयोजक रोयल भमके ‘बि’ लाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै तुलसीपुर ९ ले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै दोस्रो खेलमा मिलन युवा क्लब तुलसीपुर ७ लाई ६ विकेटले पाराजित गर्दै तुलसीपुर ६ बिजयी भएको हो । उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको तुलसीपुर ९ ले निर्धारित १५ ओभरमा आफ्ना ६ विकेटको क्षेतिमा १ सय ५३ रन बनाएको थियो ।

जसमा तुलसीपुर ९ का हरि वलीले सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै किशोर वली र युवराज वलीले क्रमशः २३ र १५ रन जोडे । बलिङतर्फ रोयल भमके ‘बि’का आयुस भण्डारी २ र गिरिराज बिक, शरद ढ्काल, सुदीप पाण्ले समान १–१ बिकेट लिन सफल भएका छन । १५४ रनको बिजयी लक्ष्यका जवाफी ब्याटिङ गर्न मैदान उत्रिएको रोयल भमके बि ११ दशमलव २ ओभरमा अलआउट हुँदै मात्र ४५ बनाउन सक्यो । जसमा गिरिराज बिकले १४ रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक बनाउन सकेनन ।

बलिङतर्फ तुलसीपुर ९ का रन्जित चौधरीले सर्वाधिक ३ विकेट लिए भने सन्दीप बिक, दानिस अन्सारी र विशाल वलीले समान १–१ बिकेट लिए । खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाउने तुलसीपुर ९ का हरि वली म्यान अफ द म्याच घोसित भए । उनले नगद ५ सय तथा मेडल प्राप्त गरे। यस्तै दोस्रो खेलमा टस जितिर ब्याटिङ मा उत्रेको मिलन युबा क्लब १३ दशमलव २ ओभरमा अल आउट हुँदै ८३ रन मा समेटियो। मिलन युबा क्लबले दिएको ८४ रनको बिजयी लक्ष्य तुलसीपुर ६ ले १२ ओभरमा पुरा गर्‍यो ।

खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तुलसीपुर ६ का राजेन्द्र केसी म्यान अफ द म्याछ घोसित भए । यसैबीच प्रतियोगिता अन्तरगत बुधवार बिहान रोयल भमके ए र मिलन युवा क्लब त्यस्तै त्रिशिदेश्वरी क्रिकेट क्लब तुलसीपुर र तुलसीपुर ११ भिड्नेछन् । झन्डै एक साता सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ५१ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधातर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार तथा मेडल,वेष्ट ब्याट्सम्यान वेष्ट बलर लाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याचलाई नगद पाँच सय साथमा मेडल प्रदान गरिनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन  स्वतन्त्र युवा समूह तुलसीपुर १ भम्केका अध्यक्ष खगेन्द्र नेपालीको अध्यक्षतामा भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्