दाङ, २२ कार्तिक ।
यतिबेला मधेश प्रदेश सरकार संघीय सरकारसँग असन्तुष्ट देखिएको छ । संघीय सरकारसँग असन्तुष्ट देखिएसँगै मधेश प्रदेश सरकारले संघीय सरकारका विरुद्ध आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो । आज बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी मधेश सरकार संघीय सरकारका विरुद्ध आन्दोलन घोषणा गर्ने तयारीमा जुटेको छ ।
संविधान र संघीय संरचनाको मर्मअनुसार अधिकार माग्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरूद्ध आज आन्दोलन घोषणा गर्ने भएको छ।
संविधान र संघीय संरचनाको मर्मअनुसार संघीय सरकारले प्रदेशको अधिकार दिन नमानेकोमा मधेश प्रदेश सरकारले आपत्ति जनाउँदै आएको छ । संविधान र संघीय संरचनाको मर्म अनुसार अधिकार दिन संघीय सरकारले नमानेपछि मधेस प्रदेश सरकार सरकारविरूद्ध काठमाडौं र मधेसकेन्द्रित संघर्ष गर्ने तयारी थालेको हो।
प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटनल, गुठीको जग्गा र वन क्षेत्रको मुद्दामा मधेस सरकारले संघ सरकारलाई अन्तिम पटक अल्टिमेटम दिँदै आन्दोलन गर्न लागेको छ।
बिहीबार यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने सहमति भएको छ। यसअघि समेत प्रदेश सरकारले यी अधिकारहरू माग्दै पटक–पटक संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै आन्दोलनको चेतावनी दिँदै आएका थिए।