व्यावहारिक ज्ञान लिन मर्पेस डाँडामा विद्यार्थी – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

व्यावहारिक ज्ञान लिन मर्पेस डाँडामा विद्यार्थी

    मा प्रकाशित

दाङ, २४ कार्तिक ।

बंगलाचुली गाउँपालिका वडा नम्बर २ मा रहेको मर्पेस डाँडामा गुरुकुलका विद्यार्थीले व्यावहारिक ज्ञान लिइरहेका छन् । विद्यालयले विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउन हरेक वर्ष ग्रामीण क्षेत्रमा लैजाने गरेको छ ।

१८ गते मर्पेसको डाँडामा पुगेका विद्यार्थीले ८ दिनसम्म त्यहाँ बसेर ज्ञान लिनेछन् । कक्षा ९ का विद्यार्थीलाई लगेर क्लोज क्याम्पमा राखेको व्यावहारिक ज्ञान सिकाउने गरिएको छ । विद्यालयले अहिले कक्षा २ र कक्षा ६ का विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउन क्लोज क्याम्प गर्ने गरेको विद्यालयका सहायक प्रिन्सिपल मुकुन्द गिरीले जानकारी दिए । कक्षा २ का विद्यार्थीलाई विद्यालयमै र कक्षा ६ का विद्यार्थीलाई ग्रामीण क्षेत्रमा पु¥याएर व्यावहारिक ज्ञान दिइसकिएको छ ।

विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई व्यावहारिक सिकाइका लागि यस प्रकारको कार्य गरिँदै आएको उनको भनाइ छ । यसले विद्यार्थीलाई ग्रामीण स्थानबारे जानकारी हुनुका साथै ग्रामीण क्षेत्रमा भोग्नु पर्ने समस्याबारे जानकारी लिन सहयोग पुग्ने उनले बताए । ‘क्लोज क्याम्पले विद्यार्थीलाई नयाँ ज्ञान सिक्न सहयोग पुगेको छ’, उनले भने ।

व्यावहारिक रूपमा सिकिएको सिप दीर्घकालीन हुने उनी बताउँछन् । क्लोज क्याम्पमा कक्षा ९ का २६ जना विद्यार्थीको सहभागिता रहेको क्लोज क्याम्पका अफिसर इन्द्रप्रसाद पोख्रेलले बताए । यसबाट विद्यार्थीले नयाँ अनुभव प्राप्त गर्न पाएको उनले बताए । ‘वातावरणमा घुलमिल भएर सिक्ने अवसर समेत प्राप्त गरेका छन्’, उनले भने ।

विद्यार्थीले सिकेको ज्ञानबारे पत्रकार सम्मेलनको आयोजन गरी जानकारी गराएका थिए । त्यस अवसरमा विद्यार्थी शुभेच्छा पाण्डेले आफूहरूलाई क्लोज क्याम्पले नयाँ कुरा सिक्ने अवसर प्रदान गरेको बताइन् । क्लोज क्याम्पमा आफूले खाना पकाउन सिकेको बताइन् । ‘मैले पहिलो पटक खाना पकाएर खाएँ’, उनले भनिन् । आफ्नै लागि खाना तयार गर्नु पर्ने भएकाले क्याम्पमा खाना पकाउन सिकेको उनले बताइन् । किताबी पढाइ मात्र नभई व्यावाहरिक रूपमा सिक्न पाउँदा आफूहरूलाई सहयोग पुगेको उनका भनाइ रहेको छ ।

अर्की विद्यार्थी रितु थापाले सामूहिक कार्य गर्ने सिकाइ भएको बताइन् । समूहमा सार्थीहरू मिलेर काम गर्नु पर्ने भएकाले समूहमा काम कसरी गर्नु पर्छ भनेर सिकाइ भएको उनको भनाइ रहेको छ । यस्तै विद्यार्थी दृष्टि अधिकारीले प्रकृति र वातावरणबारे बुभ्mन पाएको बताइन् । ‘समयको महत्व कति रहेछ भनेर बुभ्mने अवसर पाएँ’, उनले भनिन् ।

अर्का विद्यार्थी कुन्दन केसीले विद्यार्थीमा सकारात्मक सोचको विकास गराउन सहयोग पुगेको बताए भने प्रज्ञा अधिकारीले आफूहरूले आफै फिल्ड भिजिट गर्दा उक्त क्षेत्रमा बसोवास गर्ने नागरिकको जीवनशैलीबारे जानकारी लिन पाएको बताइन् । यसले कस्तो अवस्थामा नागरिक बसोबास गर्दा रहेछन् भन्नेबारे जानकारी भएको उनको भनाइ थियो । कार्यक्रम विद्यालयका सहायक प्रिन्सिपल गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थीहरू अंशु खनाल र रूपम पौडेलले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्