नवलपरासी, २६ कार्तिक ।
पूर्वी नवलपरासीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। गाडी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
आज आइतबार बिहान करिब ११: ३० बजे बोलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती जाँदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतक तीन जना महिला र तीन जना पुरूष छन्। एक जना गम्भीर घाइतेको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।
मृतकहरूको अझै सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।


