मन्त्रिपरिषद्काे निर्णय :नेपालमा टिकटक बन्द गर्ने – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

मन्त्रिपरिषद्काे निर्णय :नेपालमा टिकटक बन्द गर्ने

    मा प्रकाशित

काठमाडौं, २७ कार्तिक ।

आज साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, उनले भनिन्।

उनले उक्त निर्णय कार्यान्वयनमा लैजाने प्रक्रिया केही दिनमै सुरू हुने बताइन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले भनिन, ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ। त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्