टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन

    मा प्रकाशित

काठमाडौँ, २७ कार्तिक ।
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।

प्राधिकरणले ‘वर्ल्डलिङ्क’ लगायतका कम्पनीहरुले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिए ।

इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ ।
‘मन्त्रालयको निर्देशन अनुसार टलिकमले पत्राचारको काम गरिसकेको छ । मन्त्रालयको पत्राचार बमोजिम २४ घण्टामा बन्द गरिसक्नुपर्ने छ । तर, दीपावली, नेपाल सम्बत र छट पर्वको सार्वजनिक विदा परकोले विदा पछि पनि यो कार्यन्यवयन हुन सक्छ ।’ सञ्चार मन्त्रालयले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्