नेपालगन्जकाे धम्बाेझीस्थित एक गाेदाममा आगलागी – Kanika Khabar
Monday, February 16Nepali News Portal

नेपालगन्जकाे धम्बाेझीस्थित एक गाेदाममा आगलागी

    मा प्रकाशित

बाँके, २९ कार्तिक ।

बाँकेकाे नेपालगञ्जस्थित एक बाेरा गाेदाममा आगलागी भएकाे छ । नेपालगञ्जकाे धम्बाेझी चाेकमा रहेकाे एक बोरा गोदाममा आगलागी भएको हाे ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गए राति आगलागी हुँदा ४० लाख बराबरकाे क्षति भएकाे छ ।

राति करिब १२ बजेतिर लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।

आगलागीबाट करिब रु ४० लाखबराबरको क्षति भएको ट्रेडिङका सञ्चालक सुरेशकुमार शाहले बताए । उनका अनुसार गोदामभित्र रहेको ५० हजार ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टा बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ ।

विद्युत्को बिजुली तार सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्