पोखरामा छोराद्वारा बाबुको हत्या – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

पोखरामा छोराद्वारा बाबुको हत्या

    मा प्रकाशित

पोखरा, २९ कार्तिक ।
कास्कीमा धारिलो हतियारको प्रयोग गरी एक छोराले बाबुको हत्या गरेका छन् । जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा गोधुली संसार पथमा छोराले धारिलो हतियार खुर्पा प्रहार गरी बाबुको हत्या गरेका हुन् । हिजो मंगलबार दिउँसो २२ वर्षीय रविन क्षेत्रीको खुर्पा प्रहारबाट ५२ वर्षीय बाबु रामु क्षेत्रीको मृत्यु भएको हो ।

खुर्पा प्रहार गरी घाइते बाबुको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले बताएको छ ।

बाबुको हत्या गरी फरार भएका रविनलाई जिल्ला प्रहरी कार्यालयले अन्य जिल्लामा हुलिया, फोटो सहितको खोजतलासको सूचना जारी गरेको थियो । त्यसकै आधारमा पाल्पा प्रहरीले पाल्पाको प्रभासमा ग २० प ६०४७ नम्बरको मोटर साइकलसहित नियन्त्रण लिएको प्रहरीले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्