बाँके, ३० कार्तिक ।
बाँकेमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ । जिल्लाको कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर बिकमाथि अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेका हुन् । प्रहारबाट बिक घाइते भएको बाँके प्रहरीले जनाएको छ ।
बिकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।
घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको छ । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


