मा प्रकाशित
बाग्लुङ, १ मंसिर ।
बाग्लुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज शुक्रवार मृत्यु भएको हो ।
गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा विकलाई करेन्ट लागेको लागेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापर्बाहीका कारण नेपालीको ज्यान गएको स्थानीयको आरोप छ ।


