धनगढीमा आगलागी : एक अस्पतालसहित आठ पसलमा क्षति – Kanika Khabar
Monday, February 16Nepali News Portal

धनगढीमा आगलागी : एक अस्पतालसहित आठ पसलमा क्षति

    मा प्रकाशित

धनगढी, २ मङ्सिर ।
कैलालीको धनगढीमा गएराति भएको आगलागीबाट एक अस्पतालसहित आठ पसलमा क्षति पुगेकोे छ । आगलागीबाट धनगढीस्थित सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको हो ।

अस्पतालका बिरामीहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो भने अस्पतालका नजिकका उपकरणहरू बाहिर निकालिएका थिए।

धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा विद्युत सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको आगलागी आज बिहान पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

आगोबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्