आम निर्वाचनको एक वर्ष : आजदेखि रास्वपाको घरदैलो – Kanika Khabar
Monday, February 16Nepali News Portal

आम निर्वाचनको एक वर्ष : आजदेखि रास्वपाको घरदैलो

    मा प्रकाशित
तस्बिर : रवि लामिछानेको फेसबुकबाट

दाङ, २ मङ्सिर ।
गत वर्ष भएको आम निर्वाचनको एक वर्ष पुग्ने लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि घरदैलो कार्यक्रम गर्न थालेको छ । गत वर्षको आम निर्वाचनमा मत दिएर विजयी बनाएको एक वर्ष हुँदै गर्दा सांसदहरू आजदेखि आआफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा जान लागेका हुन् ।

मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि आजदेखि सोमबारसम्म जनताको घरदैलो जाने कार्यक्रम रहेको रास्वपाले बताएको छ । सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत कार्यक्रममा सहभागी हुनेछन् । घरदैलो कार्यक्रममा एक वर्षमा भए गरेका कामहरूको जानकारी मतदातालाई दिने तथा सुझाव सङ्कलनको काम पनि हुने रास्वपाले बताएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्