दाङ फोटोग्राफरको १५ औं साधारणसभा तथा ८औं अधिवेशन सम्पन्न – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङ फोटोग्राफरको १५ औं साधारणसभा तथा ८औं अधिवेशन सम्पन्न

    मा प्रकाशित

हिमाल महरा

घोराही, २ मङ्सिर ।

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको १५औं साधारणसभा तथा ८ औं अधिवेशन शनिवार लमहीमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीले फोटोग्राफर एसोसिएसनलाई सहयोग गर्न तयार रहेको बताउँदै अहिलेको अवस्थामा आर्थिक मन्दीको कारण धेरै व्यवसायी पलायन भएको हुँदा यसको समस्या समाधान गर्न आफूहरू लागि रहेको भन्दै पछिलो समयमा बैंकको ब्याजदर केही हतसम्म घटे पनि यसलाई सिङ्गल अंकमा ल्याउनुपर्ने बताए ।

प्रमुख अतिथि जोशीले भने, ‘अहिलेको युग प्रबिधि युग भएको हुँदा फोटोग्राफर प्रबिधिसँगै चल्न सके मात्र फोटोग्राफर व्यवसायी फस्टाउन सक्छ ।’

नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगालले फोटोग्राफर व्यावसायी धरापमा गरिहेको अवस्थामा किराना, मोबाइल पसल लगायतमा फोटो सम्बन्धि कारोवार गरेको पाइएको छ यसलाई रोक्न हामी सबै लाग्नुपर्ने बताए । साथै दाङ लगायत नेपाल भरी सार्बजनिक स्थलमा सेन्डिकेट लगायर फोटोखिच्न रोकिनु गलत भयो भन्दै यो समस्या स्थानीय सरकार देखि केन्द्र सम्म गएर समाधान गर्नु पर्ने उल्लेख गरे ।

समाजिक अभियन्ता माधव केसी, काठमाडौँ फोटोग्राफर निवर्तमान अध्यक्ष दिगम्वर राजवंशी, काठमाडौ फोटोग्राफर सचिव कमल पण्डित , मोबाइल डिलर एसोसिएसनका अध्यक्ष भिमसेन डाँगी , बर्दिया फोटोग्राफर एसोसिएसनका अध्यक्ष केशव रिजाल लगायतले मन्तव्य राखेका थिए ।

उक्त अधिवेशनमा दाङका जेष्ठ फोटोग्राफर मधुसूदन जोशी, दामोदर शर्मा, हुताराज शर्मा, बुद्धि प्रकाश केसी, खेतुलाल श्रेष्ठ, झग्गु प्रसाद सुबेदी र बिमला भण्डारीलाई सम्मान गरेको थियो भने महासचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पास गरिएको थियो ।

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका अध्यक्ष वसन्त न्यौपानेको अध्यक्षता तथा दाङ जिल्ला उधोग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीको प्रमुख अतिथिमा कार्यक्रम सप्पन्न भएको थियोे ।

उपाध्यक्ष नारायण खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दुर्गाप्रसाद चौधरीले गरेका थिए भने अर्का उपाध्यक्ष मिनराज महराले धन्यवाद मन्तव्य राखेका थिए ।

८औं अधिवेशनले चौधरीको अध्यक्षता १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको ८औं अधिवेशनले दुर्गा प्रसाद चौधरीको अध्यक्षतामा १६ समिति निर्वाचित भएको छन् ।

उपाध्यक्षहरुमा नारायण बिक, हिमाल महरा, कृष्ण प्रसाद पन्थी, महासचिवमा लक्ष्मण न्यौपाने , सचिवमा मिन सुनार र कोषाध्यक्षमा बिष्णु न्यौपाने निर्वाचन भएको छन् ।

सदस्यहरुमा पहल बुढाथोकी , पहल सिंह बुढा मगर , मदन डाँगी ,एम बहादुर आरसी ( सागर), डिल्लीराज पोख्रेल, अनुप कुमार चौधरी, मनिराम बेल्बासे, गरिकुमार चौधरी र दिपल चौधरी निर्वाचन भएको निर्वाचन कमिटी संयोजक वसन्त जोशीले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्