जाजरकोटमा चिसोबाट थप तीन जनाको मृत्य, एक हप्तामा सात जनाको मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

जाजरकोटमा चिसोबाट थप तीन जनाको मृत्य, एक हप्तामा सात जनाको मृत्यु

    मा प्रकाशित

जाजरकोट, २ मङ्सिर ।

भूकम्पपछिको सकससँग जुधिरहेको जाजरकोटमा चिसोका कारण थप तीन जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

भूकम्पका कारण घरबासविहीन भएका जाजरकोटवासीहरुले त्रिपालमा रात गुजारीरहेका छन् । त्रिपालमै रात गुजारीरहेका भस्कम्पपीडितहरुले भूकम्प छले तर चिसो छल्न हम्मेहम्मे परेको छ । त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।

यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्