दाङ उवासंघले पठायो भूकम्प पीडितका लागि करिव ४ लाख वरावरको राहत सामग्री – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

दाङ उवासंघले पठायो भूकम्प पीडितका लागि करिव ४ लाख वरावरको राहत सामग्री

    मा प्रकाशित

हिमाल महरा

मंसिर ४, घोराही ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पबाट पीडितका लागि करिव ४ लाख वरावरको राहत सामग्री पठाएको छ ।

संघले ४२ बोरा चामल, ११५ थान सिरक, ११५ स्थान डसना,४२ पिस ठुलो ब्ल्याङकेट, १५ पिस सानो ब्ल्याङकेट, १ बोरा फुरनदाना, ४ पेटी चाउचाउ, २ पेटी विस्कुट, १४ जोडा बच्चको कपडा, २३ पिस लेडिज ज्याकेट र पिफ रोल लगायत सामाग्री पठाएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संघले मुलुक विपत्‌मा परेका बेला सधैँ अग्रभागमा रहेरको भन्दै संघले सञ्चालन गरको भुकम्प पिडितकालागि राहत संकलनबाट संकलन राहत सामाग्री जिल्ला प्रशासन कार्यालय दाङ मार्फत भुकम्प प्रभावित क्षेत्रमा पठाएको संघका अध्यक्ष वसन्त जाेशीले वताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्