रूकुम पश्चिम, ४ मङ्सिर ।
रुकुम पश्चिममा भएकाे जिप दुर्घनामा परी दुई जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको मृत्युु भएकाे हाे ।
मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा रहेका छन् ।
बालकको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहारी अस्पतालमै मृत्युु भएकाे प्रहरीले जनाएको छ ।
चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।