दाङमा दाजुभाइ कोठाभित्र मृत्त फेला – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

दाङमा दाजुभाइ कोठाभित्र मृत्त फेला

    मा प्रकाशित

दाङ, ४ मङ्सिर ।
दाङमा दाजुभाइ कोठाभित्र मृत्त फेला परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ डोक्रेना घर भइ तुलसीपुर – ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार बेलुकी घरभित्र मृत्त अवस्थामा फेला परेका हुन् ।

मृत्तक मध्ये कान्छा टेकबहादुरकी श्रीमतीले आफु रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिए पनि मंगलबार मात्रै ढोका खोलिने प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट दाजुभाइले विषादी सेवन गरी आत्महत्या गरेको आशंका रहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलका अनुसार उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे। घरबेटी यमबहादुर डाँगीका अन्दाजी १२ वर्षीय छोरा सोमबार बेलुकी ६ बजेतिर घरमा पुग्दा सबै झ्यालढोका बन्द देखेपछि पछाडिको निकासद्वारको ग्रिलको पल्ला खोलेर हेर्दा दाजुभाइ मृत अवस्थामा देखेर प्रहरीलाई त्यसबारे सूचना दिएका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्