तीनकुनेबाट प्रसाईं नेतृत्वका अभियन्ता पक्राउ – Kanika Khabar
Monday, February 16Nepali News Portal

तीनकुनेबाट प्रसाईं नेतृत्वका अभियन्ता पक्राउ

    मा प्रकाशित

काठमाडाैँ, ८ मङ्सिर ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान’ अन्तर्गत प्रदर्शनका लागि तीनकुनेमा भेला भएका दुर्गा प्रसाईंका नेतृत्वका अभियन्ता पक्राउ परेका छन् ।

बिहीबार बल्खुमा प्रदर्शन गरेकाे प्रसाईं समूह शुक्रबार तीनकुनेमा थप प्रदर्शन गर्न भेला भएकाे थियाे। जिल्ला प्रशासन कार्यालय काठमाडाैँले प्रसाईं समूहलाई तीनकुने क्षेत्रमा आन्दोलनका कार्यक्रम गर्न अनुमति लिएकाे थिएन।

प्रशासनकाे अनुमतिविना उनका समर्थकहरू तीनकुनेमा भेला भएपछि प्रहरीले पक्राउ गरेकाे हाे। हालसम्म तीनकुनेबाट ६० जनाभन्दा धेरै पक्राउ परिसकेका छन्।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्