लक्ष्मण बस्नेत
मंसिर ८ दाङ ।
दाङको तुलसीपुरमा ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ ।
फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा संचालन हुने प्रतियोगिता यही मंसिर २८ गतेदेखि सुरु हुनेछ ।
२०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका संचालक गङ्गादेव गाउँ पालिका वडा न ७ रोल्पा राक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुर खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २० बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार,कप, मेडल प्रमाणपत्र हात पार्ने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरिले जानकारी दिनु भएकोछ
साथै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ३ हजार राखिएको एरीले जानकारी दिनुभएको छ ।


