काठमाडौं, १२ मङ्सिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बढ्दाे राजनीतिक तरलताका कारण राजावादी माेर्चा निर्माण गर्न आवश्यक रहेका बताएका छन् ।
आज साेमबार काठमाडौंमा आयाेजित केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकलाई सम्बाेधन गर्दै राजावादी दल र समूह सम्मिलित मोर्चा आवश्यक रहेकाेले माेर्चा गठन गर्न प्रस्ताव गरेका हुन् ।
राजसंस्था चाहने दलहरूबीच तत्काल पार्टी एकता सम्भव नदेखिएकाले संयुक्त मोर्चा बनाएर सहकार्य गर्ने प्रस्ताव थापाले राखेकाे स्राेतले जनाएको छ ।
स्रोतका अनुसार थापाले आजै विज्ञप्तिमार्फत मोर्चा गठनको औपचारिक आह्वान गर्ने तयारी छ ।
नेपालमा राजतन्त्र फर्काउनु पर्छ भन्ने मान्यता राख्ने दलहरूको नेतृत्व राजेन्द्र लिङदेन, कमल थापा, केशरबहादुर विष्ट लगायतले गरिरहेका छन् भने दुर्गा प्रसाई समूह बनाएर आन्दोलनमा लागेका छन् ।
स्राेतका अनुसार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई मोर्चाको नेतृत्वका लागि आग्रह गर्ने तयारी रहेकाे छ ।


