एक हप्तामै १५ लाख राजस्व सङ्कलन – Kanika Khabar
Monday, February 16Nepali News Portal

एक हप्तामै १५ लाख राजस्व सङ्कलन

    मा प्रकाशित

दाङ – लमही नगरपालिकाले एक हप्तामै अबैध रुपमा नदीजन्य पदार्थ चोरिनिकासी गर्न लागेका टिप्पर, ट्याक्टर, जेसिवी लगायतबाट १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नियन्त्रणमा रहेका अन्य ट्याक्टरबाट राजस्व उठ्न बाँकी नै छ ।

राप्ती नदीबाट अबैध तरिकाले चोरी गर्न लागेका साधनलाई लमही नगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याइएको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले जानकारी दिनु भयो । ट्याक्टर तथा टिप्पर व्यवसायीलाई हामीले राजस्वको दायरामा आएर कारोबार गर्नुस भनेर भनी रहेका छौं तर उहाँहरुले हाम्रो कुरा सुन्नु भएको छैन, त्यही भएर हामीले अनाधिकृत रूपमा हुने काम रोक्नु हाम्रो कर्तव्य हो”- नगर प्रमुख चौधरीले भन्नू भयो ।

दिनदहाडै नदीजन्य पदार्थ ओसारपसार गर्न लागेको स्थानीयबाट व्यापक गुनासो आउन थालेपछि नगरपालिकाले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका राप्ती घाटमा लमही नगरपालिकाले निरन्तर अनुगमन गरेको थियो । सो क्रम अहिले पनि जारी छ ।

नगरप्रमुख जोगराज चौधरीको नेतृत्वमा राप्ती नदीमा निरन्तर अनुगमन भएको थियो । नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको संयोजकत्वमा पाँच सदस्यीय नदीजन्य पदार्थ अनुगमन समिति गठन गर्दै अनुगमन कार्यलाई तिब्रता दिइएको समितिका संयोजक लक्ष्मी योगीले जानकारी दिनु भयो ।

नदीजन्य पदार्थ मनपरि दोहोन गर्न दिदिनौं, अब हामी छिट्टै ठेक्का प्रक्रियामा जान्छौं, घाटहरु ठेक्कामा गएभने चोरीनिकासीमा केही कमि आउने छ भन्ने हाम्रो अपेक्षा छ” उपप्रमुख योगीले भन्नू भयो ।

सो समितिमा वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी र वडा नम्बर २ का वडा सदस्य सुनिता चौधरी रहनु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्