गणतन्त्र रहिरहन्छ, धर्म निरपेक्षताबारे छलफल हुन सक्छ : देउवा – Kanika Khabar
Monday, February 16Nepali News Portal

गणतन्त्र रहिरहन्छ, धर्म निरपेक्षताबारे छलफल हुन सक्छ : देउवा

    मा प्रकाशित

नवलपरासी, ११ मङ्सिर ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताउँदै गणतन्त्र निर्विकल्प भएको बताएका हुन् ।

सभापति देउवाले नेपालमा राजतन्त्र कुनै पनि हालतमा नफर्किने बताएका छन् । जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना नभएको भन्दै देउवाले संघीयता र गणतन्त्रको विरुद्ध हुने कुनै पनि गतिविधि मान्य नभएको तर्क गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्